|  

नाबालिकाको चरित्र हत्या आरोपमा एक जना शिक्षक पक्राउ

२६ बैशाख, काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुकमार्फत एकजना किशोरीको चरित्र हत्या गरेको आरोपमा एउटा निजी विद्यालयका शिक्षक पक्राउ परेका छन् ।

किशोरीको चरित्रहत्या गरेको आरोपमा भक्तपुर नगरपालिका-४ काहालान्च निवासी २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उनी भक्तपुरसे्थित एउटा निजी विद्यालयको शिक्षक रहेको प्रहरीले जनाएको छ ।

ती किशोरीले फेसबुकमा पोष्ट गरेका तस्बिरहरूलाई अश्लील तस्बिरमा अनुहार जोडी आपत्तिजनक कन्टेन्ट लेखेर फेक फेसबुक आइडीमा पोष्ट गरी चरित्र हत्या गरेको आरोप लगाएकी छन् ।

पीडित किशोरीको उजुरीका आधारमा साइबर ब्यूरो भोटाहिटीको टोलीले निजी विद्यालयका ती शिक्षकलाई भक्तपुरबाट पक्राउ गरेको हो ।