|  

एकैपटक ५१९ जना इन्स्पेक्टरहरूको सरुवा, को कहाँ पुगे ? 

२७ बैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको छ ।

जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी इन्स्पेक्टरहरूलाई सरुवा गरिएको हो । प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ ।

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ ।