|  

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

एमाले संसदीय दलका नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरिएको थियो । सोही दाबीका आधारमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् ।