|  

पार्टी विभाजनपछि यादवले बोलाए केन्द्रीय समिति बैठक

२७ बैशाख, काठमाडाैं । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक डाकेका छन् ।

पार्टी विभाजनपछि यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । जसपा, नेपालको केन्द्रीय समिति बैठक बैशाख ३१ र जेठ १ गते बस्ने जसपा प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बस्नेतले बताए ।

अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रीय समिति बैठक बोलाएको हो । बहुमत सांसद लिएर राईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन ।