|  

सेयर बजार बढ्यो, ३ अर्ब १२ करोडको कारोबार

२७ बैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार  बढेको छ । ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेको छ । 

७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ । ११५ कम्पनीको सेयरमूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ । 

१४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द हुँदा कारोबार रकम २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो ।