|  

पुजार सार्कीः फ्यानहरुको चिन्तामा पलले लगाए मलम

२७ बैशाख, काठमाडौं । अभिनेता पल शाहले फिल्म ‘पुजार सार्की’ मा आफ्नो भूमिका छोटो भएपनि महत्वपुर्ण रहेको बताएका छन् ।

यो फिल्म आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ । तर अहिले प्रचार प्रसारका लागि सबैतिर मिडियामा प्रदीप र आर्यन देखिएपनि पल भने खासै देखिएका छैनन् । जसकारण पलको भूमिका थोरै रहेको भनेर उनका फ्यानले चिन्ता व्यक्त गरिरहेका छन । फ्यानको उक्त चिन्तामा उनले सामाजिक संजाल मार्फत यस्तो स्पष्टीकरण दिएका हुन् । पलले ‘पुजार सार्की’को ट्रेलरले एक दिनमा नै १० लाख भिउज पाएकोमा खुसी  समेत व्यक्त गरेका छन् । उनले ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा समेत मागेका छन् ।

दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको लेखन रहेको छ भने सुवास भुसालले निर्माण गरेका हुन ।