|  

राष्ट्र संघको महासभाबाट मे २५ मा विश्व फुटबल दिवस मनाइने प्रस्ताव पारित

२७ बैशाख, काठमाडौं । हरेक वर्षको मे २५ लाई विश्व फुटबल दिवसका रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ ।

१ सय ९३ सदस्यीय महासभाका अध्यक्ष डेनिस फ्रान्सिसका अनुसार सभाकक्षमा रहेका कूटनीतिज्ञहरूको ताली बजाएर सहमतिका साथ उक्त प्रस्ताव पारित गरेको हो । सन १९२४ को मे २५ मा पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिक खेलका क्रममा सबै क्षेत्रको प्रतिनिधित्वसहित इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । सोही मितिलाई मानेर १०० औँ वर्षगाँठको उपलक्ष्यमा यो दिवस मनाउन लागिएको हो ।