|  

'संविधान ट्रयाकमा आएन भने नेपाल अफगानस्तान बन्दैछ': नेकपा नेता विश्वास (भिडियोसहित) 

६ फागुन, काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल 'विश्वास'ले समूहका केन्द्रीय सदस्य गंगा कार्कीले सरकारले बैशाखमा तोकेको चुनाव अवैधानिक भएकाले चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेका छन् ।

नेता कार्कीले संसद पुर्नस्थापना हुने विश्वास व्यक्तै गर्दै अदालतले संविधानभित्र, कानूनभित्र बसेर निर्णय गर्ने विश्वास व्यक्त गरे ।

हेडलाईन नेपालको कार्यक्रम हेडलाईन विशेषमा कुराकानी गर्दै नेता कार्कीले यदि यो संविधान ट्रयाकमा आएन भने देश ठूलो खतरामा पर्ने अफगानस्तान भन्ने जिकिर गरे ।

देशमा द्दवन्द मच्चिने भन्दै उनले संसद विघटन गर्ने, धर्म निरपेक्षता हटाउने, अधिकारहरु हटाउने गलत काम केपी ओलीको सरकारले गरेको आरोप लगाए ।

नेता कार्कीले देशको हितमा नरहेको एमसीसी चोर बाटोबाटै पारित गराएरै छाड्छु भनेर ओली हिँडेको आरोप लगाए ।  

भिडियो -