|  

युवालाई भ्रम छर्ने काम राजनीतिबाटै भयाेः रवीन्द्र मिश्र

२७ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो कुरामा जोड दिएका हुन् । उनले अहिलेको निर्वाचन प्रणालीले वर्षैपिच्छे सरकार परिवर्तन हुने जिकिर गरे । उनले भनेका छन, “नेपाली समाज नैतिक र ज्ञानको संकटमा छ । युवालाई भ्रम छर्ने काम बन्द गरौँ । यस्तो भ्रम राजनीतिबाट भएको छ ।”

उनले भूराजनीति व्यवसायीले पनि बुझ्नुपर्नेमा जोड दिँदै भूराजनीतिका कारण जुनसुकै बेला संकट आउन सक्नेतर्फ सचेत गराए । सबै राजनीतिक दलले राज्यलाई संरक्षण गर्ने गरी सम्झौता गर्नुपर्नेमा उनले जोड दिए । कर्मचारीतन्त्रमा भएका दलीय संगठन खारेज गर्नुपर्ने उनको भनाई छ ।