|  

सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने

२७ बैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारले ल्याउने नीति तथा कार्यक्रम संसद्को बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ।

आजको मन्त्रिपरिषद् बैठकले एआईजीद्वय उमेश जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

बैठकले अन्तराष्ट्रिय स्तरको क्रिकेट कराते तेक्वाण्डो र कवड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी प्रशिक्षक तथा व्यवस्थापक गरि जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्न स्वीकृत दिने निर्णय गरेको छ ।