२८ बैशाख, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा ५० रुपैयाँ बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।