|  

आठौँ सातामा ‘महाजात्रा’, शनिबार ५१ औँ दिन मनाउँदै

२८ बैशाख, काठमाडौं ।  नेपाली चलचित्र ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ ।चलचित्रले शनिबार प्रदर्शनको ५१ औँ दिनको यात्रा समेत तय गर्दै छ।

काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गर्न लागेको हो । चलचित्रले स्वदेश तथा अन्तर्राष्ट्रिय बजार समेत राम्रो कमाइ गरेको छ ।

गत चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरु गरेको थियो ।प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।