|  

भेरी नदीमा ट्र्याक्टर खस्योः दुई जनाको मृत्यु, तीन जना घाइते

२८ बैशाख, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खसेको छ ।

आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर शुक्रबार दिउँसो भेरी नदीमा खसेको हो । सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक तथा मालिक आठबिसकोट-१४ का २२ वर्षीय विकास खड्का र सोही ठाउँका १८ वर्षीय हरि शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा घाइते तीन जनाको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।

ट्र्याक्टर सडकदेखि एक सय ५० मिटर तल भेरी नदीमा खसेको थियो ।