|  

कांग्रेसको अडान कायमैः संसद बैठक १५ मिनेटका लागि स्थगित

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म संसदको कुनैपनि काम कारबाही अगाडी बढ्न नदिने अडान राखेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका सांसद गगन थापाले यस्तो अडान कायम राखेका हुन् । यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए। त्यसपछि सभामुखले सांसद थापालाइ बाेल्न समय दिए । साे क्रममा उनले काँग्रेसकाे अडान पुनः दाेहाेर्याए । सभामुखले पटक पटक आग्रह गर्दा पनि काँग्रेस सांसदहरूले सदन अवराेध कायम राखेपछि सभामुखले  बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । 

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग भएपनि सरकार समितिको पक्षमा देखिदैन ।