|  

बिजुलीको पोलमा कार ठोक्किंदा इन्टरनेट सेवा प्रभावित

२९ बैशाख, काठमाडौं । शनिबार बिहानदेखि ललितपुरको कुपन्डोल क्षेत्रमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

बागमती प्रदेश ०१–०२९ च ४२८२ नम्बरको विद्युतीय कार बीवाईडी एट्टो थ्री अनियन्त्रित भई सडक छेउमा भएको पोलमा ठोक्किंदा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

गाडी दुर्घटनापछि त्यस क्षेत्रमा इन्टरनेट सेवा ठप्प भएको छ । कार दुर्घटनापछि लबिम मल आसपासमा पनि इन्टरनेट सेवा प्रभावित भएको छ ।