३० बैशाख, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।
धिमालको बीच बाटोमै हत्या भएको र उक्त घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ प्रहरीले जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको प्रहरीको भनाइ छ।