|  

बाटोमा ठोक्किएको निहुँमा बत्तिसपुलतीमा २४ वर्षीया युवकको हत्या,पक्राउ परेका ४ जानै नाबालक

३० बैशाख, काठमाडौं  । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा भएको ग्याङफाइटमा पक्राउ परेका ४ जना नाबालक रहेको खुलेको छ ।

शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा मोरङ पत्थरी शनिस्चरे नगरपालिका- ९ घर भई काठमाडौंको बिजयचोक डेरा गरी २४ वर्षीया शम्भु धिमालमाथि ४ जनाको समूहले चक्कु प्रहार गरी हत्या गरेका थिए । मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए ।

घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुयाएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । ३ जनाको समूह राति बर्थडे पार्टी मनाएर फर्कँदै थिए ।

बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो हतियार चक्कु धिमालमाथि प्रहार गरेका थिए । घटनालगतै गौशाला प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ४ जनानै नावालक भएकाले प्रहरीले नाम खुलाएको छैन ।