|  

भारतीय चुनावी अभियानमा विकसित भारतको मार्गचित्र बनाउदै डा. जयशंकर

३० बैशाख, काठमाडौं  । - विपिन देव  भरतको १७ औं लोकसभाको चुनावी रणनीति पृथक रहेको छ । समाजिक सञ्जालले चुनावी मनोग्रन्थीलाई यथेष्ठ भुमिका खेलिरहेको वेला डा. जयशंकरले विभिन्न विद्यापिठहरूमा आफ्नो व्याख्यानद्वारा जनताको अभिमत तयार गरिरहेको छ । 

चुनावी सभाको वागडोर वाकपटुताको महारथी प्राप्त गरेका मोदीले सम्हालेका छन् भने डा. जयशंकरले आप्mनो वौद्धिक क्षमताद्वारा सरकारको सफलतालाई आलोकित गर्न जर्मको कसेका छन् । डा. जयशंकरद्वारा लिखित पुस्तकहरू “इण्डिया वे” र “हवाई भारत म्याटस”को पनि व्यापक विर्मश र समक्षिा भएको छ जसले चुनावी वातावरणलाई प्रचुर मात्रामा प्रभावित गरेको छ । 

लोकसभाको चुनावी वातावरणमा डा. जयशंकरले भारतको ५ वर्षको प्रारूप पनि विभिन्न कार्यक्रमहरू माध्यमवाट सम्वाद गरेका छन् । सन् २०१४ देखि सन् २०२४ संग मोदीको कार्यकालमा विकसित भारतको लागि आवशयक पूर्वाधार निर्माण भइसकेको दावी डा. जयशंकरको रहेको छ । १० वर्ष पहिले भारतीय अर्थतन्त्रलाई विश्वको अस्थिर (फ्रेजाइल) अर्थतन्त्रको रूपमा रेखाङ्कित गरिन्थ्यो । तर मोदीको कार्यकालमा नै भारत विश्वको पॉचौ अर्थतन्त्रको रूपमा स्थापितप भएको देखिन्छ । 

औषत ७ प्रतिशत वृद्धिदर हासिल गरिरहेका भारतीय अर्थतन्त्रले कालान्तरमा नै विश्वको तेस्रो अर्थतन्त्र हुने ाजनकारहरूको ठोकुवा दावीलाई डा. जयशंकरले चुनावी अभिमानमा प्रस्तुत गरेका छन् । गोलमेल स्याक जस्ता सोध संस्थाको अनुसन्धान अनुसार आउने २५ वर्षमा भारत ३० ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र हुने आकलन गरिएको छ । अर्थात् आउने २५ वर्षमा नै विश्वको दोस्रो अथवा पहिलो अर्थतन्त्र समेत हुन सक्ने सम्भावनालाई नर्कान सकिदैन । 

भारतको आर्थिक वृद्धिदर अनवरत रूपले ३० वर्षसम्म निरन्तर रहने अर्थविद्धहरूको अनुसन्धानलाई सुत्रात्मक रूपले डा. जयशंकरले जनजनसम्म पु¥याउन आप्mनो व्याख्यान मालामा समिक्षा गरेका छन् । भारतको तिव्र आर्थिक विकासका कारण जनसंख्यीक लाभांष रहेको छ । साथ साथै विद्युतिय पूर्वाधारले आर्थिक विकासलाई टेवा पु¥याएको देखिन्छ । वर्तमान परिवेशमा विद्युतिय माध्यमवाट आर्थिक कारोवार सबभन्दा अधिक हुने देशमा भारत रहेको छ । 

एक सोध अनुसार भारतमा प्रतयेक महिना विद्युतिय माध्यमवाट १२ विलियन अमेरिकी डलरको कारोवार हुन्छ । अमेरिका जस्तो मुलुकमा विद्युतिय माध्यमवाट वर्षेनी ५ विलियन मात्र कारोवार हुने गर्दछ ।  चीनको वर्षेनी कारोवार विद्युतिय माध्यमवाट २० विलियन डलरको रहेको छ । “डिजिटल इण्डिया”ले विश्वमा एक नयॉ छाप छोडेको कुरा डा. जयशंकरले यत्र, तत्र र सर्वत्र चर्चा गरेको देखिन्छ । कोरोनाको कहरमा विद्युतिय माध्यमले गर्दा सफल खोप प्रतयारोपण गराएर भारतले विषेश परिचय पाएको उनको जिकिर रहेको छ । मोदी सरकारको सफलतामा मध्ये कोरोनाको कहरमा प्राप्त गरेको अद्भुत सफलता हो । सन् २०२० को जी ट्ेउन्टीको सम्मेलनमा विश्वको नेतृत्वले कोरोनाको कहरमा सबभन्दा बढि प्रभावित हुन सक्ने मुलुकको श्रेणीमा भारत हुने अनुमान थियो । 
भारतको समाजिक वनौट, कमजोर स्वास्स्थय सेवा पद्धति र रूढीवाढी समाजले गर्दा विश्वको ध्यान भारत तर्पm केन्द्रित रहेको थियो । मोदी सरकारले चुनौतीलाई अवसरमा परिमार्जित गर्दै भारतलाई विश्वको सबभन्दा ठुलो औषद्यालयको रूपमा उम्याउन सफल भयो । 

अर्थात् विश्वका १०० भन्दा अधिक मुलुकहरूमा कोरोनाको खोप उपलब्ध गराएर भारतले मानविय दायित्व पूरा गरेको डा. जयशंकरको अभिव्यक्ति रहेको छ । अफ्रिकी मुलुकहरूमा भारतले स्वास्थ्य जनशक्ति समेत परिचालित गरेको थियो । खाद्यानको वितरण प्रणालीलाई समेत प्रभावित हुन नदिएर खाडी लगायत अनेकौं मुलुकहरूलाई खाद्य संकटबाट जोगाउन भारत सफल भएको थियो । विगत १० वर्षमा मोदी सरकारको नेतृत्वमा भारतका २५० मिलियन जनता गरिवीको रेखामूनीवाट वाहिर आएको देखिन्छ । भारतमा प्रत्येक दिन ३० किलोमिटर हाइवेको निर्माण भएको छ । फाइव जी समेत भारतमा नै गरेर प्रयोग भएकोे देखिन्छ । भारतको परराष्ट्र नीतिको विभिन्न सफलता मध्ये अपरेशन गंगालाई डा. जयशंकरले हरेक चुनावी अन्तरक्रियामा जोड दिएका छन् । 

युक्रेनमा रहेका भारतीयहरूलाई सकुसल भारत र्फिता गराउन सक्नु कूटनीतिको ठुलो परीक्षा थियो । विश्वमा सामथ्र्यवान राष्ट्रहरू समेत यो भागिरथ अभ्यास गर्न असफलत भएको थियो । मोदीले पुटिन र जेलेन्स्कीसंग सम्वाद गरेर युक्रेनका छिमेकी मुलुकहरू पोल्याड, हेर्गरी र रोमानीयालाई समेत विश्वासमा लिएर ९० वटा विमान परिचालित गरेर युक्रेनमा फसेका २० हजार भारतीय विद्यार्थीहरूलाई युद्धको विभिशिकावाट जोगाउन सक्नुलाई अग्नी परीक्षाको रूपमा डा. जयशंकरले व्याख्या गरेका छन् । भारतीय कूटनीतिलाई समन्व्य र भाइचारको कूटनीतिको रूपमा डा. जयशंकरले व्याख्यान गरेका छन् । 

जी ट्ेवान्टीमा शक्ति केन्द्रहरूलाई सन्तुलन गर्न सक्नु, ट्रर्की र मोजाम्वीकको विमतिमा सहयोग पु¥याउन सक्नु, श्रीलङ्कालाई आर्थिक दिवालीयापनको संघारवाट जोगाउन सक्नुलाई कूटनीतिको सार्मथ्यको रूपमा डा. जयशंकरले व्याख्या गरेका छन् । साथ साथै पाकिस्तानलाई उरी र वालाकोटको घटनावाट दवावमा राख्न सक्नु र सन् २०१६ देखि हालसम्म चीनिया सैनिकसंग ऑखा जुधाई वोर्डरमा तैनाथ हुनु जस्ता परिघटनालाई सार्मथ्यको रूपमा उनले व्याख्यान गरेका छन् । १७ औं लोक सभामा वौद्धिक वहसले यथेष्ठ ठाउ‘ लिएका छन् । 

भारतीय काङ्ग्रेसले समेत इतिहासलाई नयॉ ढङ्गले व्याखया गरेर भारतको प्रजातान्त्रिक इतिहासमा काङ्ग्रेसको सहादतलाई जनजन समक्ष व्याख्या गरेका छन् । प्रजातान्त्रिक पद्धतिमा वौद्धिक वहसद्वारा नीतिहरूको चीरफार हुने गर्दछ । देशको भविष्य वौद्धिक समुन्द्र मन्थनवाट हुनु आपैmमा अदभूत कुरा हो । अमेरिकी प्रजातन्त्रको सूधिरताको पछाडि अमेकिी डिवेट (वहस) रहेको छ । १७ औं आम(निर्वाचनमा वौद्धिक वहस रोचक रहेको छ ।