|  

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

३० वैशाख,काठमाडौं । कैलालीमा नुहाउने क्रममा नदीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ ।

आज दिउँसो साढे १ बजे कैलारी गाउँपालिका-८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको  सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।