|  

स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

३० बैशाख, काठमाडौँ ।  प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन् । 

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो । जसपा नेपालले पनि सरकारबाट बाहिरने विषयमा छलफल शुरु गरेको छ ।