|  

‘घरज्वाइँ’ फिल्मको टिजर सार्बजनिक

३० बैशाख, काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अर्को फिल्म ‘घरज्वाइँ’ जो टिजर सार्वजनिक भएको छ ।

लगातार साथमा काम गरिरहेका दयाहाङ र मिरुनाको फिल्म मनसरा अहिले प्रदर्शनमा रहेको बेला नयाँ फिल्मको टिजर सार्बजनिक भएको हो । 

अघिल्लो वर्ष मात्र उनीहरुको तीन फिल्म ‘जारी’, ‘नाङ्गो गाउँ’ र रंगेली’ रिलिज भएका थिए । 'घरज्वाइँ' आगामी असार २८ गतेबाट प्रदर्शनमा आउदै छ ।  

टिजरमा दयाहाङ र मिरुनाबीचको सम्बन्धलाई देखाइएको छ । फिल्मले घरज्वाइँ संस्कृतिको कथालाई उठाएको टिजरले संकेत गरेको छ ।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, राज थापा, खड्कबहादुर पुन (खबपु), अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको पनि अभिनय छ । जनक घर्ती मगरको निर्माण रहेको फिल्मलाई पूर्वी रुकुम जिल्लामा छायांकन गरिएको हो ।