|  

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज लगाइँदै

३१ बैशाख, काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई  आज खोप दिने भएको छ ।

बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको हो । 

khop-1715156929-1715564530.jpg