|  

आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै

३१ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् ।

गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ ।