|  

जापानमा फिल्म ‘सिटामोल’ प्रदर्शन हुने

३१ बैशाख, काठमाडौं ।  जापानमा फिल्म ‘सिटामोल’ प्रदर्शन हुने भएको छ ।

फिल्मको जापान प्रदर्शन नेपालकै मितिमा हुने गरेर सहमति भएको हो ।अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म माओवादी जनयुद्धको कथामा बन्न लागेको हो । फिल्ममा सौगात जनयुद्धको घाइतेको रूपमा देखिँदैछन् । 
राजबहादुर सानेको निर्देशन रहेको फिल्मको नेपाल प्रदर्शन मिति घोषणा हुन बाँकी छ ।

अहिले पोस्ट प्रोडक्सनमा रहेको फिल्मको काठमाडौँको केही प्रतिशत छायाँकन बाँकी छ । तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र बेनिशाको अलवा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहनेछ ।