|  

सुकेधारामा एक पुरुषको शव भेटियो

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।

प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो । शवको परिचय खुल्न सकेको छैन । अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।