|  

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै

१ जेठ, काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच खेल हुँदै छ ।

दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि सुरु हुनेछ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ र यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल समेत हो ।

यो खेल जितेपनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ । अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको देखिएको छ ।