|  

सरकारले पुनः दोहो¥यायो बन्द उद्योग चलाउने नीति 

०१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२मा बन्द उद्योग चलाउने नीतिलाई पुनः दोहोर्‍याएको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् । उनले बन्द उद्योग कलकारखाना व्यवस्थापन गर्न निजी लगानी आकर्षित गरिने बताए ।

निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।