|  

आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउने सरकारको घोषणा

०१ जेठ, काठमाडौं । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुचना प्रविधिसँग सम्बन्धित ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवयेर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवयेरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताए ।

सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिइ सामाजिक आर्थिक रुपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोवल सूचना प्रविधि हबको रुपमा विकास गरिने राष्ट्रपतिले बताए । सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बौँ ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने घोषणा गरेको हो ।