|  

आगामी ५ वर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चित 

०१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अन्तर्गत आगामी ५ वर्ष भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा सुनिश्चित गरिने बताएका छन् । त्यसैगरी शिक्षकले मासिक रूपमा तलब उपलब्ध गराउने व्यवस्था, नेपालमा शिक्षा हासिल गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण, प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीमा परिमार्जन, ५ विश्वविद्यालयलाई केन्द्रीय रूपमा एउटै छाताभित्र सञ्चालन गर्ने, सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक शिक्षक वा कर्मचारीले राजनीति दलको सदस्य हुन नपाउने व्यवस्था गरिने जानकारी दिएका छन् ।