|  

जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमा मृत्यु

२ जेठ, काठमाडौं । बाराको सिमरा स्थित जगदम्बा स्टिलमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं ३१ का भुलन चौधरीको मंगलबार कार्यक्षेत्रमा मृत्यु भएको हो । करिब ३ दशकदेखि जगदम्बा स्टिलमा कार्यरत मजदुर चौधरी काम गर्ने क्रममा एक्कासि ढलेपछि उपचारको क्रममा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।

चौधरीले उद्योगभित्र वर्कसपका काम गर्दै आएका थिए । चौधरीको मृत्युपछि उद्योग प्रशासनले मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र ५० हजार क्रिया खर्च दिने सहमति भएको छ ।