|  

रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते 

२ जेठ, काठमाडौं ।  रामेछापमा भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन्।

रामेछाप नगरपालिका–६ च्यास्कुका ५२ वर्षीय रामबहादुर तामाङ घाइते भएका हुन् । बन्दुकको छर्रा, बारुदले उनको पेटमा लागेर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा ल्याइएको थियो ।

उनलाई त्यहाँ सामान्य उपचारपश्चात थप उपचारको लागी  पाटन अस्पताल काठमाडौंमा ल्याइएको छ। प्रहरीले १ नाल भरुवा बन्दुक र हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पदार्थ समेत प्रहरीले बरामद गरेको छ।