|  

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ? 

२ जेठ, काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाला सुन तोलामा  १ हजार रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला  १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अ