|  

दोलखामा मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

२ जेठ, काठमाडौं । दोलखामा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

शैलुङ गाउँपालिका-८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशी तर्फ आइरहेको वाग्मती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर-सिम्टे सडक खण्डको भटमासेमा बुधबार बिहान दुर्घटना परेको प्रहरीले जनाएको छ ।जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दुर्घटनामा अधिकांश गम्भीर घाइते छन् । उनीहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । क्षमता भन्दा बढी मलामी बोकेको बलेरोको ब्रेक फेल भएर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।