|  

लगातार तेस्रो जितसँगै एपीएफ फाइनलमा

०२ जेठ, काठमाडौं । नेपाल एपीएफ क्लबले लगातार तेस्रो जितका साथ ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप प्रतियोगितामा एक खेल अगावै फाइनलमा स्थान बनाएको छ ।

आज एपीएफले ललितपुर मेयर्स-११ लाई ८ विकेटले हराउँदै फाइनलमा तेस्रो पटक पुगेको हो । ७२ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले ९.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुर मेयर्स(११ ले २० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन बनाएको थियो ।

एपीएफले अन्तिम खेल अब बिहीबार सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । यसअघि एपीएफले बागमती प्रदेशलाई ८ विकेट र कोशी प्रदेशलाई २४ रनले हराएको थियो । यसअघिका दुवै संस्करण एपीएफले जितेको थियो । सुदूरपश्चिम २ खेलमा ४ अकका साथ दोस्रो स्थानमा छ । ललितपुर-११ ले ३ खेलमा १ मा जितका साथ २ अंक जोडेर तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा हारेको कोशी चौथो र बागमती पुछारमा छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।