|  

वडा कार्यालयले पढाउन थाले जापानीज र कोरियन भाषा

२ जेठ, काठमाडौं । सुर्खेतको वीरेन्द्र नगरपालिका वडा नं.१० ले विदेश जाने विद्यार्थीलाई ५० प्रतिशत छुट भन्दै कोरियन भाषा, जापानिज भाषा, आईईएलटिएस, पिटिई र टोफेल कक्षा सञ्चालन गर्न थालेको छ ।

वडा कार्यालयले टेस्ला इन्टिच्युट प्रा.लि.सँग सहकार्य भन्दै ५० प्रतिशत छुटको प्रलोभन देखाएर विद्यार्थी बटुल्ने र इन्स्टिच्युट चलाउने तरीका अपनाएको देखिन्छ ।

१० वडामा बस्ने गरिब जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत छुट भनिएपनि सहभागी विद्यार्थीले ब्यहोर्ने रकम आफैमा धरै रहेको समेत पाइएको छ ।