|  

फिल्म ‘चपली हाइट ३’ओटीटीमा रिलिज

२ जेठ, काठमाडौं । नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज गरिएको छ ।

मंगलबार रिलिज यो फिल्म विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरेर हेर्न सकिने निर्माण टिमले जनाएको छ ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ । अर्जुन कुमार निर्माता रहेको फिल्म ‘चपली हाइट’को तेस्रो शृंखला हो।