|  

मुकेश अम्बानीका छोरा अनन्तको दोस्रो प्रि-वेडिङ पानीजहाजमा हुने

२ जेठ, काठमाडौं । विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको दोस्रो प्रि-वेडिङ हुने भएको छ।

उनीहरूको दोस्रो प्रि-वेडिङ मे २८ देखि ३० सम्म हुनेछ। यस पटक उनीहरूको प्रि–वेडिङ पानीजहाजमा हुनेछ। इटालीबाट दक्षिण फ्रान्सतर्फ जानेछ।

उक्त पानीजहाजमा ८०० जना अतिथि बोलाइनेछ। पानीजहाजमा ६०० जना कर्मचारीले ८०० जना अतिथिलाई खानादेखि बस्ने व्यवस्था मिलाउनेछन्।