|  

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

२ जेठ, काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुने छ ।

आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ ।

त्यसैगरी पञ्जाव किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाव अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको छ ।

यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो ।