|  

संसदमा कांग्रेसलाई पहिला बोल्न नदिने एमालेको निर्णय

०२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेसले संसद अवरोध गरे पनि अब मान्य नहुने बताएका हुन् । उनले भने, ‘यो कांग्रेसको मात्रै संसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन भोलिबाट, कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ, सभामुखलाई के भन्या त्यो ?’

उनले अब कांग्रेसलाई पहिला बोल्न नदिने भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिए आफूहरूले बोल्ने बताए । उनले सदनमा भोलिदेखि आफूहरूले बहस गर्न पाउनुपर्ने माग गरे ।