|  

प्रधानमन्त्री र ओलीसँग भेटपछि रविले भने,‘पहिला मैले बोल्न पाउनुपर्छ’

०२ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोलिको प्रतिनिधिसभामा आफूले बोल्न पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूविरुद्ध सदनमा कुरा उठेपछि बोल्न पाउनुपर्ने पनि बताए । उनले भनेका छन्, ‘पहिला मैले बोल्न पाउनुपर्छ, त्यसपछि जवाफ नै चित्त बुझेन भने उहाँहरूको अधिकारको हामी सम्मान गरिहाल्छौँ नि । त्यसपछि विरोध गर्ने उहाँहरूको अधिकारको पुरै सम्मान गछौँ । भोलि बोल्न पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो । मैले त पहिल्यैदेखि नै त्यो कोसिस गरिरहेको छु ।’

उनले लोकतन्त्रको त्यति अभ्यास गर्न कांग्रेसजस्तो त्यति पार्टी चुक्नु नहुने तर्क गरे । प्रधानमन्त्री र गृहमन्त्री भेट्न सिंहदरबार जानुअघि बसेको संसदीय दलको बैठकमा ओलीले पनि भोलिदेखि आफूहरू सदनका कांग्रेसको बकवास सुन्न तयार नभएको बताएका थिए ।