|  

सन्दीपले समर्थकलाई भने-यसका लागि म सदा तपाईंहरुको ऋणी रहनेछु

२ जेठ, काठमाडौँ । बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेले कठिन अवस्थामा पनि मलाई तपाईंहरुको साथ र हौसलाले बलियो बनाइराख्यो यसका लागि म सदा ऋणी रहने बताएका छन । 

बुधबार हरिहर भवनस्थित उच्च अदालत परिसरमा गाडीमा चढेपछि उनले समर्थकलाई हात हल्लाउदै यस्तो भनेका हुन । 

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले बुधबार उनलाई सफाइ दिएका हुन् । सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो पनि बाटो खुलेको छ । 

आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको हो ।