|  

सन्दीपको निलम्बन फुकुवा

२ जेठ, काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ ९क्यान० ले  निलम्बन फुकुवा गरेको छ । 

पाटन उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेसँगै क्यानले सन्दीपको निलम्बन फुकुवाको  गरेको हो। सन्दीप टी ट्वान्टी विश्वकप खेल्न जाने भएका छन् ।

जिल्ला अदालतले गत १३ पुसमा बलत्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च पुगेका थिए। सन्दीपको मुद्दामा मंगलबार र बुधबारको निरन्तर बहसपछि सफाइ दिइएको हो।

पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनलाई निर्दोष ठहर गरेको हो। मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। आज मुद्दामा बहस सकिएसँगै मुद्दाको फैसला भएको हो।