|  

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

२ जेठ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।  निगमले बुधबार साँझ एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको जानकारी दिएको हो ।

ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा ७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य घटाएको जनाएको छ ।

हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ। डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ।