|  

सुर्खेतमा बस दुर्घटना, २ जनाको मृत्यु

७ जेठ,काठमाडौं । दैलेखबाट सुर्खेत आउँदै गरेको एउटा यात्रु बस वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवानजिक दुर्घटनामा भएको छ।

सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा पनि २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अहिले प्रहरीसहितको उद्धार टोली घटनास्थल पुगिसकेको छ। दुर्घटनामा घाइतेहरुको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णालीय कियरमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।