|  

नेपालमा तीन वायुको प्रभावः कस्तो रहला आजको मौसम ? 

८ जेठ,काठमाडौं । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ । अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।