|  

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन मानेन

९ जेठ, काठमाडौं ।  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । 

सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।  उनले भनेका छन्, ‘विश्वकपमा खेल्ने चाहना पूरा हुन सकेन, मलाई माफ गरिदिनुस् ।’

पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।