|  

पर्साका सीमा नाका आजदेखि बन्द 

०९ जेठ, काठमाडौं । पर्साका सीमा नाका आज बिहान ६ बजेदेखि  बन्द भएका छन्।

भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते लोक सभाको निर्वाचन हुँदै छ। लोक सभा चुनावलाई लिएर नाका बन्द गरिएको हो। वीरगञ्ज भन्सार कार्यालयसहितका पर्साका सीमानाका बिहान ६ बजेदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल(भारत सीमानाका बन्द हुने उनको भनाई छ । पर्साको १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ।

भारतमा छैटौं चरणको चुनाव हुँदै छ। लोक सभाका ५४३ मध्ये अहिलेसम्म पाँच चरणमा ४२८ सीटका लागि मतदान भइसकेको छ। अब ११५ सीटका लागि चुनाव हुन बाँकी छ। छैटौं चरणमा जेठ १२ गते ५८ सीट र सातौं चरणमा जेठ १९ गते ५७ सीटका लागि मतदान हुनेछ।