|  

बर्डफ्लुको प्रकोपका कारण एक हजार पक्षी मारिए

१० जेठ, काठमाडौं । पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका छन् ।

झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले कुखुरा तथा हाँस मार्न थालेका हुन् ।

मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको अधिकारीहरूले बताए । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।