|  

लुम्बिनीको प्रचारप्रसार गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सभामुखको विश्वास 

१० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले भगवान् गौतम बुद्धको जन्मस्थानको प्रचारप्रसार गर्न सके मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरेका छन् ।

२ हजार ५ सय ६८ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले  यस्तो बताएका हुन् ।  आज पनि बुद्धका उपदेशहरू प्रासङ्गिक रहेका तथा अहिंसा नै शान्ति र मैत्रीका आधारशिला भएको उनले बताए । साथै उनले बुद्ध जयन्तीले मुलुकमा शान्ति, राष्ट्रिय एकता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन् ।