|  

कांग्रेसलाई कसले भड्कायो थाहा छैनः प्रचण्ड 

१० जेठ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली कांग्रेससँग अहिले पनि सहमतिकै पक्षमा रहेको बताएका छन् ।

सहकारी ठगीबारे संसदीय छानविन समितिको प्रयास टुंगिनै लाग्दा नेपाली कांग्रेसलाई कसैले भड्काएको प्रधानमन्त्रीको गुनासो छ । उनले आफू सहमतिका साथ अगाडि बढ्न चाहेको बताएका छन् । तर, नेपाली कांग्रेस र आफूवीचको राम्रो सम्बन्धलाई कसैले भड्काएर खेल्न खोजेको आशय प्रधानमन्त्रीले प्रकट गरेका थिए ।

‘नेपाली कांग्रेसलाई कसले भड्कायो थाहा छैन,’ उनले भने, ‘तर, म अहिले पनि सहमतिकै पक्षमा अघि बढ्ने प्रयासमा छु । संसदीय समिति बनाएर अघि जाने पक्षमै छु ।’